विश्वकप २०१८: भारानेले गरे गाेल, पहिलाे हाफ फ्रान्सकाे पक्षमा

 असार २२, २०७५ शुक्रबार २०:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

रुसमा जारी विश्वकप२०१८ अन्तरगत आज भइरहेको फ्रान्स र उरुग्वेबीचको क्वार्टरफाइनल खेलमा फ्रान्सले अग्रता लिएको छ ।

खेलको ३८ औं मिनेटमा उरुग्वेका रोड्रिगो बेन्टान्करले कोरिन्टोन टोलिस्सोलाई डिबक्स नजिकै फाउल गरेपछि रेफ्रीले फ्रीकिक दिएका थिए ।

फ्रान्सका एन्टोइन ग्रिजम्यानले हानेको फ्रीकिकलाई रफाएल भारानेले शान्दार हेड गर्दै ४० औं मिनेटमा गोलमा परिणत गरेका थिए । 

त्यसपछि दुवै पक्षबाट अन्य गोल नभएपछि खेलको पहिलो हाफ १–० को स्थितिमा सकिएको छ ।


 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया