पास्नीमा भोज खाँदा २५ जना बिरामी

 असार १४, २०७६ शनिबार ११:४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ - दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ चिसापानीमा एक घरमा शुक्रबार  पास्नीको भोज खाएकामध्ये २५ जना बिरामी परेका छन् ।

स्थानीय राजाराम मिजारको छोरीको भोज खाएकामध्ये २५ जनालाई फुड प्वाइजन भएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

बिरामी परेकाहरुलाई गाउँबाट उद्धार गरी गजुरीमा रहेकाे गजुरी अस्पताल प्रालिमा भर्ना गरिएको छ । बिरामीमध्ये ५ जना १८ वर्षमुनिका बालबालिका रहेका छन् । १६ महिला र ९ जना पुरुषको उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई वाकवाक लाग्ने, वान्ता हुने, पेट दुख्ने जस्ता समस्या आएको थियो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया