वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको छ: कांग्रेस सभापति देउवा

 असार १४, २०७६ शनिबार १३:५२:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार सबै क्षेत्रमा हस्तक्षेप गर्दै अघि बढेको आरोप लगाउनुभएको छ । 

सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले शनिबार काठमाण्डौमा गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले वर्तमान सरकारले कर्मचारी प्रशासनमा अनावश्यक हस्तक्षेप गर्नुका साथै प्रेस स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको बताउनुभएको हो ।

उहाँले जुनसुकै क्षेत्रमा अत्यधिक कर बढाएर जनतालाई सास्ती दिने काम सरकारले गरिरहेको टिप्पणी पनि गर्नुभयो । उहाँले राष्ट्र र प्रजातन्त्रका लागि सबैभन्दा ठूलो अभिव्यक्ति स्वतन्त्रता नै नियन्त्रण गरेर सरकारले लोकतन्त्रलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाउनुभयो  ।

सभापति देउवाले जनतालाई कुनै पनि प्रकारको कर नथप्ने सुनकोशी गाउँपालिकाको निर्णयको स्वागत पनि गर्नुभयो । कार्यक्रममा भारतीय सांगीतिक कार्यक्रम सारेगमप का तेश्रो विजेता नेपाली बालक आयुष केसीलगायत विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया