सरकारमाथि जबरजस्ती विश्वास नगर्नुस्, सरकारकाे कामको मूल्यांकन गर्नुस्: प्रधानमन्त्री ओली

 असार १४, २०७६ शनिबार १८:४९:४८ | उज्यालो सहकर्मी

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकीकरणको सम्पूर्ण काम सम्पन्न हुने बताउनुभएको छ ।

मदन भण्डारीको ६८ औँ जन्मजयन्तीको अवसरमा शनिबार काठमाण्डाैको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टी एकतामा केही अलमल भए पनि निरास हुने अवस्था नरहेको बताउनुभयाे ।

एकतामा भएको ढिलाइबाट केही आशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उहाँले चालु आर्थिक वर्षको समाप्तिसँगै एकीकरणका काम पनि पूरा हुने बताउनुभयो । उहाँले सरकारले राम्रो काम गर्दे आएको र आउँदाे आर्थिक वर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, सरकारले राम्रो काम गरेको छ । सरकार आफ्ना महान उद्देश्यमा दृढ छ । लोकतन्त्रको रक्षा गर्ने कुरामा , लोकतन्त्र सुदृढ गर्ने कुरामा, लोकतन्त्र कार्यान्वयन गर्ने कुरामा र लोकतन्त्रका व्यापक उद्देश्यहरु साकार पार्ने कुरामा । देशमा सुशासन र विकास हासिल गर्ने कुरामा ।

आफूहरुले सरकारमाथि जबरजस्ती विश्वास गर नभन्ने भन्दै उहाँले सरकारले गरेका कामहरुको मूल्यांकन गर्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया