आयोजक भन्छ–आईफा अवार्डले नेपाललाई विश्वभर चिनाउँछ, विरोध नगरौँ

 असार १५, २०७६ आइतबार १७:०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डको विरोध नगर्न आयोजकले अनुरोध गरेको छ । 

आईफा अवार्डले नेपालमा पर्यटक बढाउने र विश्वभर नेपालको प्रचार हुने भएकाले यसको विरोध नगरी सफल पार्न पनि सबैलाई अनुरोध गरेको हो । नेपाल पर्यटन बोर्डमा भएको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले एक पटक आईफा अवार्ड गरेपछि वर्षौसम्म त्यो देशको प्रचारप्रसार भैरहने दावी गर्नुभयो । 

'हामी भिजिट नेपाल २०२० को पूर्वसन्ध्यामा छौं, यो विश्वमै सबैभन्दा धेरै हेरिने अवार्ड हो, यो अवार्ड मार्फत भारतीय मात्र नभई विश्वभर नेपाल र काठमाण्डौको प्रचार हुनेछ,' जाेशीले भन्नुभयो । यसको नाम नै नेपाल आईफा हुने भएकाले नेपाललाई प्रचारको राम्रो मौका भएको उहाँको दावी छ । 

झन्डै १ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको अवार्डको लागि राज्यकोषको एक रुपैयाँ पनि खर्च  नहुने आयोजकले जनाएको छ । 'अहिले हामीले हाम्रो भागमा ४४ करोड रुपैयाँ जति पर्ने अनुमान गरेका छौँ, राज्यले १ अर्ब खर्च गर्दैछ भन्ने हल्लाको पछि नलागौं,' जोशीले भन्नुभयो । 

अवार्डको लागि पाँच सयदेखि ६ सय पाहुना नेपाल आउने अनुमान गरिएको कार्यकारी निर्देशक जोशीले बताउनुभयो । उनीहरुको लागि आउने जाने हवाई टिकट, काठमाण्डौमा यातायात र खाने बस्ने व्यवस्था नेपालले नै गर्नुपर्नेछ । 

अन्तिम अपडेट: चैत १३, २०८०

1 Comments

  • Kamal kadel

    July 1, 2019, 7:09 a.m.

    वावुको बिर्ता हो र भागमा आएको दिन्छु भन्नलाई, जनताको पैसा विदेशीलाई खर्च गरेर नेपालको प्रवर्धन गर्नु परेको छैन / जुम्ला हुम्लामा चामल, औषधि पठाउनुस, त्यसले हुन्छ /मलेसिया कतार गएकाले नेपालको प्रवर्धन गरेका छन /आफै नेपालीले गर्छन / सन्दीप लामिछानेले गरेकै छ , सगरमाथाले गरेकै छ / नीजी पुरस्कार आइफाले प्रवर्धन हुन्छ भन्ने हो भने जागिर छोडदा हुन्छ , हैन भने ......मा पनि त देशको नागरिक हुँ, नागरिकको शक्ति के हुन्छ थाहा नै होला / सरकार याद राख ५ बर्ष पछिको भविष्य अहिले कोर्ने हो भने बहुमतको कदर गर ! होइन भने नामोनिशान सकिएला यहि ताल हो भने ....

  •  0 Reply

तपाईको प्रतिक्रिया