केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - साेमबारदेखि काठमाण्डाै उपत्यकाको फोहोर उठाउन थालिएको छ ।
आइतबार बेलुका सिसडोलका नागरिक, महानगरपालिका र जनप्रतिनिधिबीच स्थानीयको माग सम्बोधन गर्ने विषयमा सहमति भएसँगै महानगरपालिकाले साेमबारदेखि बजारको फोहोर उठाउन थालेको हो ।
सहमति अनुसार १७ सदस्यीय फोहोरमैला ब्यवस्थापन समिति गठन गरिएको छ । समितिले १५ दिन भित्र सुझाव पेस गर्ने सहमति भएसँगै फोहोर उठ्न थालेको काठमाण्डौ महानगरपालिका वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।
सिसडोलका नागरिकले क्षतिपूर्ति पुनरावलोकन लगायत माग गर्दै आन्दोलन गरेका थिए । यसअघि आन्दोलनका क्रममा सिसडोलका नागरिक र प्रहरीबीच झडपसमेत भएको थियो ।
झडपका क्रममा केही स्थानीयवासी र प्रहरी घाइते भएका थिए । काठमाण्डौ उपत्यकामा दैनिक साढे ५ सय टन फोहोर महानगरपालिकाले उठाउँदै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।