काठमाण्डौ उपत्यकाको बिजुली आपूर्ति सुधार्न ६ वटा सबस्टेशन निर्म...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – भक्तपुरको चाँगुनारायण-७ बाँसवारीकी सावित्री भट्टराईको हत्या उनकै छोरीले गराएको खुलेको छ । छोरी ईश्वरीकै घरमा बस्दै आएकी ६१ वर्षीया सावित्रीको गएको आइतबार बिहान चक्कु प्रहार गरी घाँटी रेटेर हत्या भएको थियो ।
हत्या आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले छोरी ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका-४ घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २३ वर्षीय मोहम्मद नौसाद, भारतको जनक भगत, ईडी-३५ नई अशोक नगर बसुन्धारा ऐक्लेवका २४ वर्षीय अर्जुन कुमार भन्ने भोला कुमार, भारतकै मधुमनीका २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी ईश्वरी भट्टराई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार छोरी ईश्वरी र सिरहा घर भइ पूरानो ठिमी बस्दै आएका मोहम्मद नौसादबीचको सम्बन्ध आमाले थाहा पाएपछि त्यसबाट बँच्न छोरीले नै नौसादसँग सल्लाह गरी १२ लाख रुपैयाँ दिएर मार्न लगाएको खुलेको छ ।
नौसाद र भोला कुमारले भारतबाट मोहम्मद रहिशलाई बोलाएर सावित्रीको हत्या गरेको अनुसन्धानमा पाइएको महानगरीय अपराध महाशाखा टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।