सेती नदीमा बगेर एक जना बेपत्ता

 असार १६, २०७६ सोमबार १४:१२:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – सेती नदीमा नुहाउने क्रममा सोमबार दिउँसो बगेर एक जना बेपत्ता भएका छन् । बगेर बेपत्ता हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय चक्र कुन्जेडा रहेका छन् ।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर–४, मा रहेको सेती नदीको घाटमा आफन्तको मलामी आएको बेलामा सेती नदीमा नुहाउने क्रममा कुन्जेडा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापति पन्तले जानकारी दिनुभयो । 

सेतीमा बगेर बेपत्ता भएका कुन्जेडाको अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले खोजी गरिरहेका छन् । सेती नदिमा पानीको बहाब बढी भएको तथा धमिलो पानी भएका कारण खोजी कार्यमा समस्या भैरहेको प्रहरीले जनाएको छ ।

गर्मी मौसम सुरु भएका कारण सेती नदीमा नुहाउन जानेबढी भएका कारण स्थानीयहरु बगेर बेपत्ता हुने गरेका छन् । गएको जेठ महिनादेखि अहिलेसम्म सेती नदीमा बगेर ५ जनाको ज्यान गैसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया