केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै - निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले इन्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्तिबापत २५ लाख रुपैयाँ दिएको छ ।
एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विभिन्न विषयमा अध्ययनरत विद्यार्थीलाई मंगलबार ललितपुरमा एक कार्यक्रम गरी छात्रवृत्ति रकम वितरण गरेको हो ।
क्याम्पसका २५ जना उत्कृष्ट विद्यार्थीले जनही एक लाख रुपैयाँका दरले छात्रवृत्ति पाएका छन् । इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल, सिभिल, मेकानिकल र कम्प्युटर इन्जिनियरिङ गरी पाँच विषयमास्नातक तहका विभिन्न वर्षमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको एनसेलले जनाएको छ ।
एनसेलले पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको यो छैटाैँ पटक हो । उत्कृष्ट अंक ल्याएका कारण कतिपय विद्यार्थीले दोहोर्याएर छात्रवृत्ति पाएका छन् । कम्प्युटर इन्जिनियरिङतर्फ श्रीति श्रेष्ठले तीन वर्षसम्म लगातार छात्रवृत्ति पाएकी छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।