सर्पले टोकेर डोटीमा एक बालकको ज्यान गयो

 असार १९, २०७६ बिहीबार ११:३७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – डोटीको पूर्वी क्षेत्रमा पर्ने केआईसिंह गाउँपालिकामा सर्पले टोकेर बिहीबार बिहान एक बालकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले दिनुभएको जानकारी अनुसार केआईसिंह गाउँपालिका–२ तिखात्तर बस्ने शेरबहादुर बोगटीका ९ वर्षीय छोरा झकेन्द्रकहादुर बोगटीको सर्पले टोकेर ज्यान गएको हो ।

घरको आँगनमा बसेर पढिरहेका बेला उनलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि शैलेश्वरी अस्पताल दिपायल पिपल्लामा उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै बालकको ज्यान गएको स्थानीय मोहन बोगटीले बताउनुभयो ।

बुधवार पनि जिल्लाको शिखर नगरपालिका–२ कालागाढ बस्ने स्थानीय ४२ वर्षीया जमुनादेवी कार्कीको पनि सर्पले डसेका कारण ज्यान गएको थियो । उहाँलाई पनि समयमै अस्पताल पुर्‍याउन नसक्दा ज्यान गएको चिकित्सकहरुले बताएका छन् ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया