९ महिने शिशुको बलात्कार आरोपमा बालक पक्राउ

 असार १९, २०७६ बिहिबार १२:५०:३४ | रासस
unn.prixa.net

सिरहा – नौ महिने शिशुलाई बलात्कार गरेको आरोपमा सिरहा प्रहरीले १४ वर्षीय बालकलाई पक्राउ गरेको छ । सिरहाको लहान नगरपालिका–२४ गोविन्दपुरमा अबोध शिशुलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीयवासी १४ वर्षीय बालकलाई पक्राउ गरेको जनाएको हो ।

बालिकालाई घरमा एक्लै छाडेर आमा खेतमा काम गर्ने घरका सदस्यलाई खाजा पुर्‍याउन गएको बेला बालकले अबोध बालिकामाथि यस्तो घटना घटाएको  भन्दै बालिकाकी आमाले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

स्थानीयवासीले समेत सूचना दिएका आधारमा बालकलाई प्रहरीले पक्राउ गरेको छ । शिशुको योनीबाट रक्तस्राव भएपछि स्वास्थ्य परीक्षणका लागि बाहिर पठाएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया