आइफा अवार्डलाई छुट्याइने भनिएकाे पैसाले यस्ता काम गर्न सकिन्छः महावीर पुन

 असार १९, २०७६ बिहीबार १३:१४:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले भारतीय चलचित्रसँग सम्बन्धित आइफा अवार्डका लागि छुट्याइएने भनिएको पैसाले अरु महत्वपूर्ण काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

आइफाका लागि काठमाण्डौ महानगरपालिका र नेपाल पर्यटन बोर्डले दिने भनेको कम्तीमा ४४ करोड रुपैयाँबाट धेरै महत्वपूर्ण काम गर्न सकिने भन्दै पुनले केही विकल्प पनि दिनुभएको छ । 

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यो रकमबाट बाग्मती र विष्णुमतीमा मिसिने ढलहरुलाई नदीमा मिसिनुभन्दा पहिल्यै प्रशोधन गरेर खाना पकाउने ग्यास निकाल्ने र नदीमा सफा पानी छोड्ने दुईओटा प्लाण्टकाे व्यवस्था गर्न सकिने सुझाव दिनुभएकाे छ । पुनले महानगरपालिका भित्रबाट संकलन हुने फोहरमैलालाई प्रशोधन गर्ने र त्यसबाट बिजुली पनि निकाल्ने एउटा ठूलो प्लाण्ट राख्न सकिने बताउनुभएको छ ।

यस्तै काठमाण्डौमा भित्रिने सम्पूर्ण फलफूल तथा तरकारीलाई प्रशोधन गरेर विषादीमुक्त गराउने एउटा ठूलो प्लान्ट राख्न, प्रतिभाशाली र सिर्जनशील नेपालीलाई उद्यमी बनाउन एउटा ठूलो अनुसन्धान केन्द्र खोलेर उनीहरुलाई देश विकासमा लगाउन पनि उहाँले आग्रह गर्नुभएको छ । 

यस्ताे छ उहाँकाे फेसबुक स्टाटस–

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • dhama paudyal

    July 4, 2019, 2:16 p.m.

    तर यि सासक बर्ग लाई नेपाल र नेपालिको सुख सुबिदाको मतलब छैन केवल पारिको मालिक रिजाएर अरु बढी २-४ महिना सत्तामा टिक्नु छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया