काठमाण्डौ उपत्यकाको बिजुली आपूर्ति सुधार्न ६ वटा सबस्टेशन निर्म...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – उपत्यकाभित्र ट्याक्सी चढ्न चाहनेले अबदेखि घण्टौँ कुर्नुपर्ने छैन । अबदेखि ट्याक्सी चढ्न चाहनेले घरमै ट्याक्सी बोलाउन सक्नेछन् ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको समन्वयमा 'इजी ट्याक्सी नेपाल' एप सञ्चालनमा आएको छ । यो एपमा जोडिएर ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चाकलहरुले सेवा दिनेछन् ।
मोवाइलमा आधारित 'इजी ट्याक्सी नेपाल' एप्सले गएको वैशाखदेखि सेवा परीक्षण गर्दै आइरहेको थियो । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सञ्चालनमा ल्याइएको एपसेवाले अभियान प्रचार–प्रसारको साथै यात्रुमैत्री सेवा दिने बताउनुभयो ।
'इजी ट्याक्सी नेपाल' एप्सको सेवा लिन यात्रुले एप डाउनलोड गरेर आफ्नो नाम दर्ता गर्नुपर्नेछ । यात्रुले लग इन गरिसकेपछि रियल टाइम म्यापको आधारमा नजिक भएका ट्याक्सी चालकले एपबाट नै अनुरोध स्वीकार गर्नेछन् र यात्रुको मोबाइल नम्बरमा सम्पर्क गरेर सेवा दिनेछन् ।
'इजी ट्याक्सी नेपाल' एप सेवा अहिले काठमाण्डौ उपत्यकाभरी सञ्चालनमा आइसकेको छ । यात्रु र चालकलाई प्रविधिमा जोड्न यो एप सञ्चालनमा ल्याएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।