केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरण गरेका तत्कालीन नयाँ शक्ति पार्टीबाट ५० जनाभन्दा बढी नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
फोरम नेपालसँग एकीकरण गरेपछि असन्तुष्टि जनाउँदै आउनुभएकी पूर्वमन्त्री एवं तत्कालीन नयाँ शक्ति नेपालका सचिवालय सदस्य कल्पना धमला, अर्का सचिवालय सदस्य देवेन्द्र पराजुलीलगायतका नेता तथा नेकपा प्रवेश गर्नुभएको छ ।
धमला र पराजुली श्रीमान श्रीमती हुनुहुन्छ । धमला डा. बाबुराम भट्टराईको नेतृत्वमा बनेको सरकारमा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धमला र पराजुलीसहित नेता तथा कार्यकर्तालाई स्वागत गर्नुभयो ।
त्यस्तै मनु हुमागाइँ, भूमि देवकोटा, गोकुल केसी, अशोक पाण्डे, नवीन तामाङ, हरिमाया खत्री, प्रकाश सापकोटा, कुमार तिवारी, नकुल थापा, अशोक बस्नेत, प्रकाश लम्साल, बिनोद कार्की, रमेश देवकोटा, होमप्रसाद न्यौपाने, अञ्जना श्रेष्ठ, मनिषा कँडेल, नवराज पाण्डे, हरिभक्त आचार्यलगायत पनि नेकपामा प्रवेश गरेका छन् ।
विभिन्न जिल्ला संयोजक, पार्टी सदस्य, सक्रिय पार्टी कार्यकर्ता, वाइसिएल जिल्ला सदस्यलगायतले पार्टी प्रवेश गरेका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।