कैद फैसला भएको सत्र वर्षपछि पक्राउ, जेल चलान

 असार २१, २०७६ शनिबार १५:१७:४९ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर - जिल्ला अदालत भाेजपुरबाट कैद फैसला भएर फरार रहेका व्यक्ति सत्र वर्षपछि पक्राउ परेका छन् ।

आगलागी मुद्दामा जिल्ला अदालत भोजपुरबाट २०५९ असार २७ गते ३ वर्ष ४ महिना १८ दिन कैद सजाय भएर फरार रहेका भोजपुर नगरपालिका वडा नम्बर–३, चौहानबारीका ३९ वर्षीय कृष्णबहादुर चौहान पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीले बताउनुभयो । 

इटहरी उपमहानगरपालिका वडा नम्बर–२, हलगडामा लुकेर बसेको अवस्थामा प्रहरीले असार १५ गते पक्राउ गरी चाैहानलाई भोजपुर ल्याएको थियो । 
चौहानलाई असार १८ गते अदालतमा पेस गरिएको र कैदको लगत कट्टा गर्ने प्रयोजनका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया