पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना, बे...
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – नेपाली कांग्रेसमा संस्थापन बाहेकका समूहले महाधिवेशनको तयारीमा लाग्न संस्थापन पक्षलाई दबाब दिने भएका छन् ।
आइतबार हुन लागेको केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनमा ध्यान केन्द्रित गर्न दबाब दिन लागेका हुन् । शनिबार आपसी छलफल गरेर नेताहरु रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, नेता शेखर कोइरालालगायत समूहले आइतबारको बैठकमा महाधिवेशनमा केन्द्रित हुन दबाब दिने सहमति गरेको नेताहरुले जानकारी दिएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षले पार्टीलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको, भातृ संगठन लथालिंग बनाएको, आफू निकटका नेताहरुलाई मात्र भूमिका दिएको संसदमा पार्टीको भूमिका प्रभावकारी हुन नसकेकोलगायत विषय पनि उठाउने संस्थापन बाहेकका समूहको तयारी छ ।
पार्टीका संरचना तथा भातृ संस्था तथा नियमावली मस्यौदा समितिको मस्यौदाका बारेमा छलफल, जागरण अभियानको पहिलो चरणको समीक्षा तथा समसामयिक राजनीति र सरकारको काम कारबाहीलगायत विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।