रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक आजदेखि मर्मत गरिने

 असार २३, २०७६ सोमबार ९:२६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – बाढीका कारण शनिबारदेखि अवरुद्ध रहेकोे मैलुङ–स्याफ्रु सडक खण्डको सोमबारदेखि मर्मत कार्य सुरु हुने भएको छ ।

अविरल वर्षाका कारण आएको बाढीले सडक खण्डको ठुलोखोला क्षेत्रमा क्षति गरेपछि सडक अवरुद्ध भएको हो । ठूलोखोलाको हिमपाइप बगेर बाटो अवरुद्ध भएको हो । बाढीले क्षति गरेको क्षेत्रमा सोमबारदेखि मर्मतको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

बुधबारसम्ममा बिग्रिएको सडक मर्मत भइसक्ने छ । सडक मर्मत नसकिँदासम्म पासाङल्हामु मार्गको बेत्रावती धुन्चे सडक खण्डको प्रयोग गर्न सकिने छ । २०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो ।

त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन् । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ ।

बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया