प्रधानसेनापति पूर्णचन्द्र थापा आज अमेरिका प्रस्थान

 असार २३, २०७६ सोमबार ११:३९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानसेनापति पूर्णचन्द्र थापा संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन सोमबार अमेरिका प्रस्थान गर्नु भएको छ । 

ब्रिटिस आर्म्ड फोर्सले असार २५ गते आयोजना गर्ने फर्स्ट वुमन, पिस एण्ड सेक्युरिटी (डब्लूपीएस) सीएचओडीएस नेटवर्क बैठकमा सहभागी हुन र असार २६ गते राष्ट्रसंघले गर्ने तेस्रो चिफ अफ डिफेन्स कन्फ्रेन्समा सहभागी हुन प्रधानसेनापति अमेरिका प्रस्थान गर्नुभएको हो । 

थापा साउन १ गते स्वदेश फिर्ता हुने जङ्गी अड्डाले जनाएको छ ।

उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र अमेरिकी सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने सेनाले जनाएको छ । प्रधानसेनापति थापालाई बालाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नुभएको थियो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया