भुटानकाे गैरआवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

 असार २३, २०७६ सोमबार १६:३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल सरकारले भुटानका लागि गैरआवसीय नेपाली राजदूत नियुक्त गरेको छ । 

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले भुटानका लागि गैरआवासीय नेपाली राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गर्नुभएको हो । 

राष्ट्रपति भण्डारीले भारतका लागि नेपालको आवसीय राजदूतसमेत रहनुभएका आचार्यलाई भुटानका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको हो । 

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई राजदूत पदमा नियुक्त गरिएको हो ।  

अन्तिम अपडेट: फागुन २७, २०८०

तपाईको प्रतिक्रिया