क्यानडाली डालगिल्स बालयौन दुराचारी ठहर

 असार २४, २०७६ मंगलबार ६:४०:२४ | रासस
unn.prixa.net

काभ्रेपलाञ्चोक – बालयौन दुराचार आरोपी ६३ वर्षीय क्यानडाली पिटर जोन डालगिल्स बालयौन दुराचारी ठहर भएका छन् । काभ्रेपलाञ्चोक जिल्ला अदालतले सोमबार पिटर बालयौन दुराचारी ठहर्दै कैद तथा क्षतिपूर्ति तोकेको छ । 

जिल्ला न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले अन्तिम सुनुवाइ गर्दै पिटरबाट यौनपीडित दुई जना बालकलाई जनही पाँच लाख क्षतिपूर्ति र एक बालकको हकमा नौ वर्ष र अर्का बालकको हकमा सात वर्ष कैद सजाय तोकेको हो । १२ वर्षको बालकलाई यौन दुराचार गरेको कसुरमा नौ वर्ष र १४ वर्षको बालकको यौन दुराचार कसुरमा थप सात वर्ष कैद ठहर भएको अदालतका स्रेस्तेदार ठाकुरचन्द्र त्रितालले जानकारी दिनुभयो । 

यसअघि गत जेठ २७ गते काभ्रे अदालतले यौन दुराचारमा अपराधको कसुरदार ठहर गरी थप पुर्पक्षका लागि धुलिखेल कारागार चलान गरिएको थियो । नयाँ संहिताअनुसार पिटरलाई एक चरणमा कसुरदार कायम गरिएको र अर्को चरणमा सजाय तोकिएको हो । त्रितालका अनुसार पिटरलाई सोमबारै धुलिखेल कारागारमा कैदीका रूपमा राखिएको छ । 

पिटर २०७४ साल चैत अन्तिम साता काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–१ स्थित एक घरबाट बालयौन दुराचारीको आरोपमा पक्राउ परेका थिए । यो घरबाट उनले १२ र १४ वर्षका दुई बालक बन्धक बनाइरोखेको अवस्थाबाट प्रहरीले उद्धार गरेको थियो । 

त्यतिबेला पिटरविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली बालकलाई ललाईफकाई तथा विभिन्न प्रलोभनमा पारी यौन दुराचार गरेको आरोपमा जिल्ला अदालत काठमाडौँमा मुद्दा चलाएको थियो । पिटरलाई प्रहरीले हिरासतमा राखी अनुसन्धानपछि काठमाण्डाै र काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बन्दी अवस्थामा कारगारमा राख्दै आएको थियो । 

सीआईबीको अनुसन्धानबाट पिटरले केही वर्षदेखि काठमाण्माडाै हिमालयन कम्युनिटी फाउण्डेशन नामक संस्था सञ्चालन गरी शिक्षा र खानेपानी तथा विभिन्न बालबालिकालाई विदेश घुमाई दिने भन्दै समाजसेवीको आवरणमा साना बालकलाई यौन शोषण गर्ने गरेको खुलेको थियो । पिटर यसअघि यूएन ह्याबिट्याट अफ्गानिस्तानमा देशीय प्रतिनिधिका रूपमा काम गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया