विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासकाे पत्र आएकाे हाे: मन्त्री बाँस्काेटा

 असार २४, २०७६ मंगलबार १४:४०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासले सरकारलाई पत्र पठाएको स्वीकार गर्नुभएको छ । 

मन्त्री बाँस्कोटाले ‘दुई देशका सरकारबीच पत्रहरु आउने, जाने उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नहुने पनि स्पष्ट पार्नुभयो । मंगलबार बिहान सिंंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो हितका विषय हुने भएकाले त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वभाविकै रहेको लिएको प्रतिक्रिया दिनुभयो ।

‘सरकारका बीचमा पत्रहरु आउने, जाने गर्छन, त्यसमा आ–आफ्नो इन्ट्रेष्टका विषयहरु पनि हुन सक्छन’, मन्त्री बाँस्कोटाको भनाइ थियो, ‘त्यसलाई अन्यथा लिनु हुँदैन । जब दुई देशका सीमा जोडिएका छन्, जब उत्पादनहरु आदानप्रदान हुन्छन् भने त्यसमा त्यस्ता पत्र आदानप्रदान हुनु ठूलो कुरा होइन ।’

मन्त्री बाँस्कोटाले आयातित तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको पनि बताउनु भयो । उहाँले नागरिकको अधिकारसँग जोडिएको विषयमा सरकार गम्भीर रहेको र सो समस्या समाधान हुनेगरी आफ्ना उत्पादनलाई वृद्धि गर्न सरकार लागि परेको पनि बताउनु भयो । 

तर केही दिन अघि बसेकाे नेकपा संसदीय दलकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भने यस्ताे कुनै पत्र कतैबाट नआएकाे

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया