‘मम हन्टिङ’ बनाउँदै निता

 असार २४, २०७६ मंगलबार १६:४५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अभिनेत्री निता ढुंगानाले निर्माण गर्ने भनिएको चलचित्रको नाम फाइनल गरिएको छ ।  ढुंगानाले चलचित्र निर्माण गर्ने घोषणा गरेको लामो समयपछि चलचित्रको नाम फाइनल गरिएको हो ।

निताले निर्माण गर्ने भनिएको चलचित्रको नाम ‘मम हन्टिङ’ राखिएको छ । चलचित्रको कथासँग मेल खाने भएकाले नै चलचित्रको नाम ‘मम हन्टिङ’  राखिएको निताको भनाइ छ । करिब ३ वर्ष पहिले आफ्नो जन्मदिनको अवसर पारेर उनले चलचित्र निर्माण गर्ने घोषणा गरेकी थिइन् ।  चलचित्र निता ढुंगानाको आफ्नै ब्यानरबाट निर्माण हुने छ ।

चलचित्रको कथाको काम भइसकेको छ । कोसिस क्षेत्रीले चलचित्रको स्क्रिप्ट लेखेका हुन् । चलचित्रको निर्देशन समुन्द्र भट्टले निर्देशन गर्ने पक्का भइसकेको छ ।

चलचित्रका लागि केही कलाकारहरुसँग कुरा भइरहेको निताको भनाइ छ । कलाकारको विषयमा भने औपचारिक कार्यक्रमको घोषणा गरेर नै जानकारी दिने निताको तयारी छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया