राजनीतिक दलसम्बन्धी विधेयक अघि बढाएर साना दललाई दबाबमा राख्न...
फागुन १७, २०८१ शनिबार
पर्सा - वीरगञ्ज महानगरपालिका-२४, रामगढवको नयाँबस्तीमा एक युवकले धारिलो हतियार प्रयोग गरी आमाको हत्या गरेका छन् ।
नयाँबस्तीकी ४० वर्षीया शाेभादेवी यादवको २० वर्षीय छोरा गुड्डु यादवले घाँस काट्ने हतियारको प्रयोग गरी हत्या गरेका हुन । प्रहरीका अनुसार आमाले घरमा रहेको भैंसी बेचेको पैसा छोराले मागेको र आमाले नदिएको विषयमा विवाद हुँदा मंगलबार दिउँसो साढे २ बजेतिर घरभन्दा ४ मिटर परसम्म लखेटेर छाेराले आमालाई धारिलाे हतियार प्रहार गरेका थिए ।
घटनामा घाँटी र चिउँडोमो गहिराे चाेट लागेकी शोभादेवीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । मृतककाे शव पोस्टमार्टमका लागि वीरगञ्जको नारायणी अस्पतालमा लगिएको छ भने गुड्डुलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।