बौद्ध घ्याङ गुठीका चिनियाँ लामाकाे बर्खास्ती माग गर्दै प्रदर्शन

 असार २५, २०७६ बुधबार १४:२५:१५ | रासस
unn.prixa.net

काठमाण्डौ – घ्याङ गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामालाई हटाउन माग गर्दै स्थानीयवासीले बौद्ध स्तुप परिसरमा प्रदर्शन गरेका छन् । 

चिनियाँ लामाले विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपको सम्पदा मास्न खोजेको, सार्वजनिक सम्पत्तिलाई निजी रुपमा प्रयोग गर्न थालेको लगायत कारणले बर्खास्त गर्न माग गरिएको बौद्ध बचाउ अभियानका संयोजक खड्गजीत लामाले जानकारी दिनुभयो । 

'भूपतिबज्रले आफू अवतारी रिम्पोछे हुँ भन्दै सबैलाई गुमराहमा राख्नुभएको छ, उहाँ को हो भन्ने हामीलाई राम्रोसँग थाहा छ, उहाँलाई हामी सानैदेखि चिन्छौँ', संयोजक लामाले भन्नुभयो । 

स्थानीयवासीको विरोधपछि गुठी संस्थानले बौद्ध स्तुप, घ्याङ गुठीलगायत स्थानमा पूजा गर्न परम्परागत ५८ घरे गुठियार परिवारमध्येका पूर्णबहादुर लामालाई जिम्मेवारी दिएको छ । हाल यस क्षेत्रका १०० घर गुठियारका रुपमा रहेको जनाइएको छ ।

भूपतिबज्रलाई बर्खास्त गरी स्थानीयवासीको सल्लाहबमोजिम नयाँ कार्यसमिति गठन गरिनुपर्ने समितिको माग छ । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया