राजनीतिक दलसम्बन्धी विधेयक अघि बढाएर साना दललाई दबाबमा राख्न...
फागुन १७, २०८१ शनिबार
पर्सा – सघन शहरी तथा भवन निर्माण आयोजनाको कार्यालय वीरगञ्जले बारा, पर्सा र राैतहटमा सञ्चालनमा रहेका ६ वटा परियोजनाको ठेक्का तोडेको छ ।
ठेक्का लिएका कम्पनीले सम्झौता अनुसारको काम नगरेकोले ठेक्का तोडेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६९/०७० मा स्वास्थ्य चौकी तथा स्वास्थ्यका कर्मचारीको आवास निर्माणका लागि ठेक्का लिएर काम नगरी अलपत्र छोड्ने ठेकेदार कम्पनीसँग ठेक्का तोडिएको सघन शहरी तथा भवन निर्माण आयोजनाको वीरगञ्ज कार्यालयका प्रमुख इन्जिनियर राजेन्द्र खतिवडाले बताउनुभयो ।
ठेक्का तोडेपछि करिब २ करोड ८० लाख रुपैयाँ ठेकेदारसँग सरकारी बक्यौता सरह असुल उपर गर्ने तयारी गरेको उहाँले बताउनुभयो ।
कार्यालयले पर्साको भेडिहारी, शंकर सरैया, सम्भौता, पटेर्वा सुगौली, रौतहटको जिगडवा र बारा कलैयाको स्वास्थ्य कर्मचारीको आवास निर्माण र स्वास्थ्य चौकी निर्माणको ठेक्का तोडेको हो ।
यो क्षेत्रमा अझै पनि रुग्ण अवस्थामा आधा दर्जनाैँ परियोजनाहरु रहेका छन् । उनीहरुले पनि बेलैमा काम गरे ठेक्का तोडिने कार्यालयका प्रमुख खतिवडाले चेतावनी दिनुभयो ।
स्वास्थ्य कर्मचारीको आवास निर्माणको ठेक्का लिएका अजम्मर र शिवराम जेभी तथा टौदह कम्पनी चाल्नाखेल काठमाण्डौ र शिवराम कम्पनी दोलखाको ठेक्का तोडिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।