त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन अझै केहीबेर लाग्ने

 असार २७, २०७६ शुक्रबार १३:५२:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन अझै केहीबेर लाग्ने भएको छ ।

नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि बिहान ११ बजेपछि उडान र अवतरण बन्द भएको छ ।

जहाज हटाउने काम भैरहेको र अबको एक घण्टाभित्र धावनमार्ग सञ्चालनमा आउने विमानस्थल कार्यालयले जनाएको छ । धावनमार्ग सञ्चालनमा नआउँदा विदेशबाट आएका जहाज उतै फर्किएका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया