डिजेल र मट्टीतेलको भाउ एक रुपैयाँले घट्यो, पेट्रोलको यथावत्
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन् । कतै बाढीले पुल बगाएको छ भने कतै पहिरोका कारण सडकहरु अवरुद्ध भएका छन् ।
महोत्तरीको बर्दिवासमा पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको भप्सी खोलाको पुल बाढिले बगाएपछि वैकल्पिक बाटो प्रयोग गरेर सवारी साधन सञ्चालनमा ल्याइएको छ ।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका-२२ को महेन्द्र राजमार्ग अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै बीपी राजमार्गअन्तर्गत काभ्रेको रोशी गाउँपालिका-११ को पिप्लेनजिक पहिरोका कारण बाटो बन्द भएको छ ।
म्याग्दीको बेनी-जोमसोम बाटो पनि बन्द भएको छ । मुस्ताङको थासाङ गाउँपालिका लेते नजिकै गएको पहिरोले सडक बन्द भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो । जोमसोम, मुक्तिनाथ जाने यात्रु रोकिएका छन् । सडक खुल्न भने केही दिन लाग्ने मरासिनीले बताउनुभएको छ ।
काठमाण्डौबाट दक्षिणकाली हुदै हेटौँडा जाने फाखेल र सिस्नेरीको बाटोमा पनि गाडी चल्न सकेका छैनन । मकवानपुर ईन्द्रसरोवर गाउँपालिका-५ महालक्ष्मी खोलानजिक पहिरो आउँदा फाखेल हुँदै काठमाण्डौ आउने सडक खण्ड पनि अबरुद्ध भएको छ । त्यस्तै धादिङको नौबिसेदेखि हेटौँडा जाने त्रिभुवन राजपथमा नौबिसेभन्दा दुई/तीन किलोमिटर हेटौँडा जाने बाटोमा रुख ढलेर बाटो अबरुद्ध भएको छ ।
नारायणगढ-मुग्लिन सडक खण्डमा भने गाडी बिनाअवरोध चलिरहेको प्रहरीले जनाएको छ ।
मनाङको नासो गाउँपालिका-१ म्यादी खोलामा पानीको बहाव बढेपछि बेसीशहर–मनाङ सडकखण्ड अवरुद्ध भएको छ ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ को सिद्धिचरण राजमार्ग पनि बाढीले अवरुद्ध भएको छ ।
रसुवाको उत्तरगया गाउँपालिकाको बेत्रावती मैलुङ स्याफ्रुबेशी सडक खण्डमा पहिरो आएपछि अवरोध भएको छ ।
निरन्तरको वर्षासँगै सडकमाथिबाट पहिरो झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ ।
मेची राजमार्गअन्तर्गत राँके– फिदिम सडकखण्डको फाल्गुनन्द गाउपालिका–३ को पाँग्रेभीरमा शनिबार बिहान ९ वजेको समयमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि ताप्लेजुङ, पाँचथर र तेह्रथुमको आठराई क्षेत्रबाट झापातर्फ छुटेका र यसतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् ।
नेपाल प्रहरीका अनुसार पहिरोले अवरुद्ध सडक खुलाउने र सवारी आवागमनमा सहजता ल्याउने काम भैरहेको छ । त्यस्तै वैकल्पिक बाटाेकाे प्रयाेग गरेर भए पनि यात्रुहरुलाई गन्तव्यसम्म पुर्याउने काम भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।