महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ

 फागुन १६, २०८१ शुक्रबार १५:१८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – महाशिवरात्रिका अवसरमा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोषले आज बिदाइ गरेको छ । भारतलगायत विभिन्न देशबाट आएका तीन हजार जनाभन्दा धेरै साधु सन्तलाई कोषले आज एक कार्यक्रमका बीच बाटो खर्चसहित बिदाइ गरेको हो ।

बिदाइका क्रममा कोषले साधु सन्तलाई खर्चसहित रुद्राक्षको माला पनि लगाइदिएको छ । कोषले साधु सन्तहरूलाई श्रेणाीमा छुट्याएको विभिन्न रङ्गको कार्ड दिएको थियो ।

महाशिवरात्रि मेलामा आएका साधु सन्तहरूलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले बिदाइ गर्ने परम्परा छ । कोषले साधु सन्तहरूलाई आज दिउँसोसम्मको खाना र आवासको व्यवस्था गरेको थियो ।

यस वर्षकाे महाशिवरात्रि अस्ति बुधवार परेको थियो ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया