डिजेल र मट्टीतेलको भाउ एक रुपैयाँले घट्यो, पेट्रोलको यथावत्
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – लगातारको वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानबाट ४३ जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् भने २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाढी पहिरोमा परेर शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना, मकवानपुरमा ४ जना, काठमाण्डौ, खोटाङ, ओखलढुंगा र काभ्रेमा ३–३ जना, धादिङ, झापा, सिन्धुलीमा २–२ जना तथा पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा चितवन र डोल्पामा १–१ जना गरी ४३ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा १८ जना महिला र २५ जना पुरुष रहेको प्रहरीले जनाएको छ । यस्तै, एक हजार एक सय ४ जनाको उद्धार गरिएको छ ।
महोत्तरीमा ५ सय जना, रौतहटमा २ सय जना, काठमाण्डौमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिरहामा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जना गरी जम्मा १ एक हजार एक सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
बाढी पहिरोमा परेर मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा १–१ जना गरी २० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
यसैगरी, सिन्धुली ६ जना, इलाम र मोरङमा ३–३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाण्डौ, ललितपुरमा १–१ जना गरी २४ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य र बाढीबाट प्रभावितहरुको उद्धारको काम भैरहेको पनि प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।