काठमाण्डौका केही ठाउँमा बिजुली अबरुद्ध हुने
मंसिर ११, २०८१ मंगलबार
उत्तरी थाइल्याण्डको एउटा गुफामा १५ दिनदेखि फसेका १२ बालक र उनीहरुका प्रशिक्षकलाई बाहिर निकाल्न अभियान सुरु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजे २३ जना उद्धारकर्ताको समूह बच्चाहरुलाई बाहिर निकाल्न पठाइएको छ ।
गएको २३ जुनमा गुफामा घुम्न गएका बालबालिका र उनीहरुका प्रशिक्षकलाई ९ दिनपछि गएको मंगलबार गुफाभित्र सकुशल रहेको भेटिएको थियो । गएको मंगलबारदेखि नै उनीहरुको उद्धारको लागि प्रयास गरिएपनि उनीहरुलाई बाहिर निकाल्न सकिएको छैन ।
–बच्चाहरुको उद्धारका लागि जसको जरुरी छैन उनीहरु गुफाको प्रवेशद्वारबाट पछि हट्न आइतबार बिहान थाइल्याण्डका अधिकारीहरुले आदेश दिएका छन् ।
–गुफाको प्रवेशद्वार आसपासको ठाउँ खाली गरिएको छ । आइतबार दिइएको जानकारी अनुसार सबैभन्दा ठूलो उद्धारको कार्य सुरु भएको छ ।
–यस बारेमा उद्धारकर्मीहरुले बच्चाहरुको परिवारलाई सूचना दिइसकेका छन् ।
–सञ्चारकर्मीहरुलाई पनि गुफाको प्रवेश द्वार बाट टाढा रहनका लागि भनिएको छ । भिड जम्मा हुँदा बचाउ कार्यमा असजिलो हुने प्रहरीले जनाएको छ ।
–उद्धार कार्यमा संलग्न उद्धारकर्मीहरुका अनुसार पहिलेको भन्दा पानीको सतह कम भएको छ । हजारौँ लिटर पानी गुफाको बाहिर फालिएको छ ।
गुफाभित्र बालक र उनीहरुका प्रशिक्षक भएको ठाउँमा पुग्नका लागि बैकल्पिक बाटो निर्माणको काम भैरहेको छ ।
बीबीसी संवाददाता जनाथान हेडका अनुसार उद्धारकर्मीका लागि यो ठूलो चुनौति हुनेछ । अधिकारीहरुले बताए अनुसार १३ जनालाई बाहिर निकाल्न कम्तीमा पनि तीनदेखि चार दिन लाग्न सक्छ । तर यसअघि नै बच्चाहरुलाई बाहिर निकाल्नका लागि तीन–चार महिना पनि लाग्न सक्छ ।
शनिबार भएको वर्षाका कारण गुफामा फेरि पानी बढ्छ कि भन्ने चिन्ता बढ्न थालेको छ । चियांग राइ प्रान्तका गभर्नर तथा बच्चाको उद्धारका लागि खटिएका नोरोग्साकले बच्चाको स्वास्थ्य स्थिति राम्रो भएको बताएका छन् । उनले बताएअनुसार अब दुई दिनसम्म पानी पर्ने सम्भावना छैन र गुफाबाट धेरै पानी बाहिर निकालिसकिएको छ । त्यसैले पनि यो बच्चाहरुका लागि बाहिर निकाल्ने उपयुक्त समय हो ।
गुफाको प्रवेशद्वारबाट करीब ४ किलोमिटर भित्र बच्चाको समूह फसेको छ । त्यहाँ उनीहरुका लागि खाना, पानी औषधि र अक्सिजन पठाइएको छ । तर जुन ठाउँमा यी बच्चाहरु बसेका छन् त्यहीँ नजिकै पानीको मात्रा धेरै छ ।
बच्चाहरुलाई बचाउनका लागि कति मुश्किल छ भन्ने सहजै अनुमान लगाउन सकिन्छ । शुक्रबार उद्धारकार्यमा संलग्न एक उद्धारकर्ता समन गुननको ज्यान गएको थियो ।
यसअघि नै थाइल्याण्डको जलसेनाले बच्चाद्वार लेखिएको केही शन्देश सामाजिक सञ्जालमा शेयर गरेका थिए । केही बच्चाले लेखेका थिए ‘तपाईँहरु चिन्ता नगर्नुहोस् ... हामी सबै बहादुर छौँ ।’ कोही बच्चाहरुले गुफामा आफूलाई मन पर्ने खाना मगाएका थिए ।
बच्चाको अलावा २५ वर्षीय प्रशिक्षक इक्कापोल चांन्तावान्ग ले पनि एउटा लिखित शन्देश दिएका थिए ‘जे भैरहेको छ यो सबैको लागि सबै बच्चाको परिवारसँग म माफी माग्छु । मलाई माफ गरिदिनुहोस् ।’
बच्चाहरु र उनीहरुका कोच २३ जुनको साँझमा फुटबल अभ्यास गरेपछि गुफा हेर्नका लागि गएका थिए । तर भारी वर्षाका कारण आएको बाढीका कारण गुफाको प्रवेशद्वार बन्द भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।