महिला टी–२० विश्वकप एशिया छनोटका लागि टोली घोषणा
बैशाख १३, २०८२ शनिबार
काठमाण्डाै - नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी सर्वसम्मतिले पारित गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा पहिलाे दिन यही असार २२ गते नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले ‘नेपाली काङ्ग्रेसको नियमावली, २०७६’ प्रस्तुत गर्नुभएको थियो ।
बैठकले देशको विभिन्न भागमा केही दिन यता अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिलाई मध्यनजर राखी जारी केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित गरेर उद्धार र राहतको कार्यमा समर्पित हुने निर्णयसमेत गरेको छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, बालकृष्ण खाँण, रमेश रिजाल, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, सुजाता कोइराला, उमाकान्त चौधरीले आफ्नाे धारणा राख्नु भएकाे थियाे ।
यस्तै पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, जीवन परियार, ईश्वरी न्यौपाने, सीता गुरुङ, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, रामकृष्ण यादव, मोहनबहादुर बस्नेत, वीरबहादुर बलायर, रमेश लेखक, बहादुरसिंह (लामा) तामाङ, शिवप्रसाद हुमागाईं, केन्द्रीय आमन्त्रित सदस्यहरु किरणराज शर्मा पौडेल र रमा कोइराला पौडेल लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
उद्धार र राहतको अभियानमा सहभागितापश्चात् केन्द्रीय कार्यसमितिको बैठक आउँदाे साउन ७ गते दिउँसो १ बजे पुनः बस्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।