डिजेल र मट्टीतेलको भाउ एक रुपैयाँले घट्यो, पेट्रोलको यथावत्
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – सन् २०१९ को पहिलो छ महिनामा झण्डै ६ लाख पर्यटक नेपाल घुम्न आएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि जुनसम्म नेपालमा ५ लाख ८५ हजार पाँच सय ३१ जना पर्यटक घुम्न आएका छन् । यो संख्या सन् २०१८ को यही अवधिको तुलनामा १२ दशमलव ६ प्रतिशतले धेरै हो ।
आप्रवासन विभागका अनुसार सन् २०१९ को जुन महिनासम्ममा ४ लाख ९० हजार पाँच सय ३४ जना पर्यटक हवाई मार्ग भएर नेपाल भित्रिएका छन् । त्यस्तै ९४ हजार नौ सय ९७ जना स्थलमार्ग भएर नेपाल भित्रिएका छन् ।
यो वर्षको पहिलो ६ महिनामा भारतबाट नेपाल घुम्न आउने पर्यटक सन् २०१८ को यही अवधिभन्दा ७ दशमलव ३६ प्रतिशतले बढेका छन् । दक्षिण एसियाबाट पछिल्लो ६ महिनामा नेपाल आउने पर्यटकको संख्या पनि १० दशमलव ४ प्रतिशतले बढेको छ । याे वर्क्षकाे पहिलाे ६ महिनामा नेपाल आउने भारतीय पर्यटककाे संख्या १ लाख ३ हजार ४ सय ६१ रहेकाे छ । त्यस्तै सार्क राष्ट्रबाट यो अवधिमा १ लाख ४४ हजार नौ सय ९७ जना पर्यटक आएका छन् ।
यस्तै चीनबाट आउने पर्यटकको संख्या पनि पहिलो ६ महिनामा ८५ हजार तीन सय १८ पुगेको छ । यो संख्या सन् २०१८ को भन्दा १९ दशमलव ५३ प्रतिशतले धेरै हो । थाइल्याण्ड, दक्षिण कोरिया र जापानबाट नेपाल आउने पर्यटकको संख्या पनि सन् २०१८ को यही अवधिमा क्रमशः ३८ दशमलव १५ प्रतिशत, ५ दशमलव ३४ प्रतिशत र १७ दशमलव ९ प्रतिशतले बढेको छ ।
सन् २०१९ को पहिलो ६ महिनामा युरोपेली देशबाट आउने पर्यटकको संख्या १ लाख चार हजार सात सय ८३ पुगेको छ । बेलायतबाट र जर्मनीबाट क्रमशः २८ हजार नौ सय ५१ र १८ हजार ६ सय ७ पर्यटक नेपाल भित्रिएका छन् । जुन गएकाे वर्षकाे पहिलाे ६ महिनामा भन्दा क्रमश: ४ दशमलव १७ र १२ दशमलव ८ प्रतिशतले बढेको छ ।
अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या पनि याे वर्ष अघिल्लाे वर्षकाे तुलनामा बढेकाे छ । यही जुन महिनासम्म ४८ हजार २ सय १ अमेरिकी पर्यटक नेपाल आएका छन् जुन गएको वर्षको तुलनामा १० प्रतिशतले बढी हो । त्यस्तै अष्ट्रेलियाबाट पहिलो ६ महिनामा १६ हजार सात सय ६१ रहेको छ, जुन सन् २०१८ को यही अवधिमा ४ दशमलव १ प्रतिशतले बढी हो ।
सन् २०१९ को जुन महिनामा मात्र ६८ हजार सात सय ८२ जना पर्यटक नेपाल आए । यो संख्या सन् २०१८ को जुन महिनाको तुलनामा ५ दशमलव ६ प्रतिशतले बढी हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।