लोक सेवाको परीक्षा बिथोल्न खोज्ने चार जना पक्राउ

 साउन ४, २०७६ शनिबार १०:१७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

खोटाङ – लोक सेवा आयोगको परीक्षामा अवरोध पुर्‍याएको भन्दै खोटाङमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर अवरोध पुर्‍याएको भन्दै प्रहरीले शनिबार बिहान नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, महासंघका सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार, सविना अछामेलाई पक्राउ गरेको हो ।

संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्थाविपरीत लोक सेवा आयोगले विज्ञापन खुलाएको विरोधमा आह्वान गरिएको एक नम्बर प्रदेश बन्दअन्तर्गत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिवासी जनजाति महासंघ खोटाङका अध्यक्ष हात्तीराम राईले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययले दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परिक्षा बिथोल्ने प्रयास गरेकाले उनीहरुलाई पक्राउ गरिएको बताउनुभयो । बन्दका कारण जिल्लामा यातायात सेवा प्रभावित भएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया