१४ लाख ६८ हजार रुपैयाँ घुससहित डिभिजन प्रमुख र इन्जिनियर पक्राउ

 साउन ४, २०७६ शनिबार १८:३४:३१ | उषा तामाङ
unn.prixa.net

दोलखा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ लाख ६८ हजार रुपैयाँ घुससहित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका डिभिजन प्रमुख र सिन्धुपाल्चोकका इञ्जिनियरलाई पक्राउ गरेको छ । 

आयोगले घुस रकमसहित डिभिजन प्रमुख प्रकाश अधिकारी र इञ्जिनियर भोगेन्द्र शाहलाई पक्राउ गरेको हो । प्रमुख अधिकारीको साथबाट १३ लाख ३८ हजार रुपैयाँ र शाहको साथबाट १ लाख ३० हजार रुपैयाँ बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

आयोगका प्रवक्ता कोइरालका अनुसार आराेपितहरुले ठेकेदार र उपभोक्ता समितिबाट कमिसनका रुपमा त्यो रकम प्राप्त गरेका थिए । शुक्रबार साँझ दोलखाबाट काठमाण्डौ जाँदै गर्दा सिन्धुपाल्चोकको सुकुटेबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ परेका डिभिजन प्रमुख अधिकारी गएको कार्तिक ५ गतेदेखि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखामा कार्यरत छन् भने इञ्जिनियर शाह जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकमा कार्यरत छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया