कर वृद्धि गरिएकाे भन्दै उद्याेगी तथा व्यवसायीहरुले गरे सरकारकाे चर्काे आलाेचना

 साउन १९, २०७६ आइतबार १७:२१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उद्योगी तथा व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालु आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढी हुने गरी वृद्धि गरेको भन्दै सरकारको आलोचना गर्नुभएको हो । 

आइतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष श्रेष्ठले स्थानीय तहलाई समेत दोहोरो करको मारमा पार्ने काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । उहाँले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले करमैत्री वातावरण बनाउन सरकारसँग माग गर्नु भयो । उहाँले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने स्पष्ट पार्नुृभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गर्नुभयो । उहाँले व्यवसायका लागि चर्को ब्याजदरका कारण मुलुकको उद्योगधन्दा फस्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया