महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – पूर्वयुवराज्ञी हिमानी शाहले प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न ‘दैवी प्रकोप उद्धार कोष’ स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
हिमानी ट्रष्टकी अध्यक्ष समेत रहनुभएकी पूर्व युवराज्ञी शाहले बाढी, पहिरो, डुबान पीडितलाई तत्काल राहत उपलब्ध गराउने गरी कोष स्थापना गर्न लागिएको बताउनु भयो ।
आइतबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उहाँले पूर्व औरहीका अग्नि पीडित, पश्चिम खारापानीका बाढी पीडित र सुर्खेतका बाढी पीडितलाई राहत दिन पनि कोष स्थापना गर्नुपरेको स्पष्ट पार्नुभयो ।
पूर्व युवराज्ञी शाहले स्थापना गरिने कोष मार्फत विपत्तिमा परेका बाढी पीडितलाई राहत दिन पूर्व राजा ज्ञानेन्द्र शाहका सन्देशहरु संग्रहित पुस्तक बिक्री वितरणमा राखिएको पनि जानकारी दिनुभयो ।
हिमानी ट्रष्टले सामाजिक सेवा अन्तर्गत भूकम्प पीडित लगायतलाई पनि राहत वितरण गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।