प्रधानमन्त्रीको सिंगापुरमा उपचार गर्दा लाग्ने खर्च सरकारले बेहोर्दैन: मन्त्री बाँस्काेटा

 साउन १९, २०७६ आइतबार १६:५१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीको सिंंगापुरमा उपचार गर्दा लाग्ने खर्च प्रधानमन्त्री स्वंयले व्यवस्थापन गर्ने सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभएको छ ।

प्रधानमन्त्रीको उपचारकालागि उहाँसँगै गएकाहरुको हवाई टिकटको व्यवस्था सरकारले गर्ने निर्णय गरेको भए पनि उपचार खर्च भने प्रधानमन्त्री स्वंयमले व्यवस्थापन गर्नुहुने सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत रहनुभएका सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो ।  

‘हवाइ भाडाबाहेक अरु सबै प्रधानमन्त्रीले आफ्नै निजी खर्च गर्नुहुन्छ’, उहाँले भन्नुभयो ।
स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली शनिबार साँझ सिंगापुर जानुभएको छ । उहाँले सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गर्नुहुने छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया