सिन्डिकेट तोडेका यातायात व्यवसायीको बैंक खाता खुला

 साउन १९, २०७६ आइतबार १६:५५:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले समितिबाट कम्पनीमा गएका यातायात व्यवसायीको बैंक खाता खुला गरेको छ । 

यातायात व्यवसायी समितिबाट कम्पनीमा नजाँदा सरकारले २०७५ वैशाख २१ गते यातायात व्यवसायी समितिका नाममा रहेका बैंक खाता रोक्का गर्ने निर्णय गरेको थियो । 

यातायातमा सिन्डिकेट चलाइरहेका व्यवसायीलाई सरकारले कम्पनीमा जान आग्रह गरे पनि अटेर गरेपछि गृह मन्त्रालयले २ सय ५० यातायात समितिका बैंक खाता रोक्का गरेको थियो । 

साउन १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले समितिको नाममा रहेका बैंक खाता रुपान्तरित कम्पनीमा सार्ने व्यवस्था गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताउनुभयो । 

अहिलेसम्म झण्डै २ सय समितिका ४० हजार गाडी कम्पनीमा दर्ता भैसकेको यातायात व्यवस्था विभागले जनाएको छ । समिति छाडेर कम्पनीमा गएका यातायात व्यवसायीले बैंक खाता फुकुवा गर्न माग गर्दै आएका थिए । 

अन्तिम अपडेट: फागुन १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया