मोरङको लेटाङमा आगलागी, तीन घर जले

 साउन २१, २०७६ मंगलबार १२:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

मोरङ – मोरङको लेटाङ नगरपालिका –३ मा मंगलबार बिहान आगलागी हुँदा तीन वटा घर जलेर नष्ट भएका छन् ।

बिहान ५ बजेबाट सुरु भएको आगलागीबाट स्थानीय मेषबहादुर विक, डोलप्रसाद मगर र भक्तबहादुर राईको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिउजुले बताउनुभयो ।

प्रहरीका अनुसार आगलागीबाट ५० लाख रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको छ । आगलागीबाट सबै अन्नपात, लत्ताकपडा,नगदसमेका सरसामान जलेको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले एक घण्टापछि आगलागी नियन्त्रणमा लिएको खिउजुले जानकारी दिनुभयो । बिजुली सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया