पहिरोका कारण डाक्टर केआईसिंह राजमार्ग अवरुद्ध

 साउन २१, २०७६ मंगलबार १२:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी –  निरन्तरको वर्षाका कारण पहिरो झरेपछि स्याले – दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्ग अवरुद्ध भएको छ । 

राजमार्ग अन्तर्गतको डाडावनमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि दर्जनौँ सवारी साधन तथा यात्रुहरु अलपत्र परेका छन् । 

अवरुद्ध भएको राजमार्ग खुलाउनका लागि डिभिजन सडक कार्यालय कुल्पातेबाट डोजर पठाइएको बताइएको छ । डोटीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा सोमबार रातिदेखि नै वर्षा भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया