अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा डाेटीमा एक जना पक्राउ

 साउन २१, २०७६ मंगलबार १५:५१:० | विमल बिष्ट
unn.prixa.net

डोटी - डोटीमा बाेल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय दिपायलले एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा दिपायल सिलगढी नगरपालिका-३ बस्ने ३१ वर्षीय मधु माझी रहेका छन् । उनले पिपल्लामा रहेकी बोल्न नसक्ने अपाङ्गता भएकी ५४ वर्षीया एक महिलालाई जबरजस्ती गरेकाे प्रहरीले जनाएकाे छ ।

पीडित महिलाकी आमाले माझीविरुद्ध जिल्ला प्रहरी कार्यालय डोटीमा उजुरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, जबरजस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरेका छौँ, आवश्यक अनुसन्धान भइरहेको छ ।

आराेपित माझीले रक्सी पिएर बाेल्न नसक्ने ती महिलालाई राति उनकै घरमा राती पसेर जबरजस्ती करणी गरेको आरोप छ । महिलाले आफ्नी आमालाई घटनाबारे इशाराले बताएपछ घटना बाहिर आएको हो ।

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा महिला महिनावारी भएकै बेला एक्लै बस्ने भएकाले यस्ता बलात्कारका घटना हुदै आएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया