महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर नेपाल पर्यटन बोर्डले चीनको ट्याक्सी नेटवर्कसँग साझेदारी गरेको छ ।
चिनियाँ पर्यटकलाई नेपाल तान्न चीनको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क दिदीसँग सहकार्य गरिएको बोर्डले जनाएको छ । ‘सेलिब्रेट लभ् इन नेपाल’ भन्ने सन्देशसहित हिजोदेखि यो कार्यक्रम सुरु भएको बोर्डले जनाएको छ ।
चीनमा अगष्ट ७ तारिखमा ‘चाइनिज भ्यालेन्टाइन डे’ मनाउने अवसर पारेर कार्यक्रम सुरु गरिएको बोर्डले जानकारी दिएको छ । बोर्डले यो अभियानलाई डिजिटल र पर्चा पम्लेटका माध्यमबाट प्रचारप्रचार गरिएको जनाएको छ । ट्याक्सी नेटवर्कमार्फत चीनको वि च्याट, वेइबो र वेबसाइटमा पनि नेपाल भ्रमणका सामग्री राखिएको छ । यसरी गरिएको प्रचार सामाजिक सञ्चालमार्फत २० लाख प्रयोगकर्तासम्म पुग्ने र ६ करोड म्यासेज पनि पठाइने बोर्डले जनाएको छ ।
यस्तै संघाइ र झाङसोउ सहरका चर्चित स्थानमा पनि डिजिटल बोर्ड राखेर पर्यटन प्रवर्द्धनका काम गरेको बोर्डले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।