महाशिवरात्रिका अवसरमा आएका साधु सन्तकाे बिदाइ
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्राध्यापक डाक्टर राजकुमार रौनियार र उनका भतिज डाक्टर रामहरी रौनियारलाई धरौटीमा छाड्न आदेश दिएको छ ।
घुससहित पक्राउ परेका उपकुलपति राजकुमार रौनियारलाई ४८ लाख रुपैयाँ र उनका भतिज डाक्टर रामहरी रौनियारलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिइएको विशेष अदालतका उप–रजिष्टार एवं प्रवक्ता पुष्पराज पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो । उनीहरुले धरौटी बापतको रकम अदालतमा बुझाइसकेका छन् ।
गएकाे असार २६ गते उनीहरु ८ लाख रुपैयाँ घुससहित उपकुलपति निवास धरानबाट पक्राउ परेका थिए । अख्तियारले साउन ९ गते उपकुलपति रौनियारविरुद्द १ करोड १८ लाख र उनका भतिज रामहरि विरुद्ध ८ लाख रुपैयाँ बिगो दावीसहित मुद्दा दर्ता गरेको थियो ।
आयोगका अनुसार श्याम सुन्दर निर्माण सेवा प्रा.लि.का सब-कन्ट्याक्टर गिना एवं गिना कन्स्ट्क्सन कम्पनीका प्रबन्ध निर्देशनक सुशीलकुमार झासँग उनीहरुले घुस लिएका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
dhama paudyal
Aug. 6, 2019, 8:36 p.m.यस्को मतलब सेटिङ बिषेश अदालत सम्म रेछ । त्यसैले चल खेल गर्न सजिलो बनाएको ।