त्रिशूलीमा खसेकाे बस : २८ जनाकाे टिकटमा ४२ यात्रु चढेकाे भेटियाे

 साउन २४, २०७६ शुक्रबार १०:३१:२४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - शुक्रबार बिहान धादिङमा त्रिशूली नदीमा खसेकाे ना ६ ख ७४६९ नम्बरको न्यू सृष्टि डिलक्समा सर्लाहीबाट ४२ जना चढेकाे र चालक दलका तीन सदस्यसहित जम्मा ४५ जना रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।

दुर्घटना भएकाे बस बिहीबार बेलुका सवा ६ बजे सर्लाहीकाे मलंगवाबाट काठमाण्डाैका लागि छुट्दा त्यसमा रहेकाे यात्रुकाे संख्या ४२ देखिए पनि टिकट भने जम्मा २८ ओटामात्र काटेकाे भेटिएकाे छ । एउटै टिकटमा ३ जनासम्मले यात्रा गरेकाले टिकटमा नाम थर खुलेका बाहेक बाँकी यात्रुको परियच खुलाउन समस्या परेको सर्लाही प्रहरीले  जनाएकाे छ ।

दुर्घटनामा ज्यान गुमाएका दुईजनाको परिचय खुलेको छ । सर्लाहीको मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशूलीमा खस्दा ज्यान गुमाएका सर्लाहीका ३५ वर्षका अजय दास र २५ वर्षका विजय कुर्मीको परिचय खुलेको र एक पुरुषको भने परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म १६ जनाको उद्धार गरी ९ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको  र सात जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बसमा रहेका यात्रु तथा चालक दलका सदस्यहरुकाे विवरण:

अन्तिम अपडेट: बैशाख १, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया