प्रेस सेन्टरको अध्यक्षमा कमल गिरी निर्वाचित
चैत १८, २०८१ सोमबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले राजावादीहरूलाई लक्षित गर्दै नेपाली नागरिकलाई प्रभुहरूको खाँचो नभएको टिप्पणी गर्नुभएको छ ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा आज काठमाण्डाैमा गरेको आमसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले केही तत्त्वहरू गणतन्त्र उल्ट्याउने प्रयासमा रहेको भन्दै नागरिकलाई प्रभुहरूको खाँचो नभएको टिप्पणी गर्नुभएको हो । नागरिकका सबै चाहनाहरू पूरा हुन नसके पनि नागरिकले गणतन्त्रप्रति गौरव गरिरहेका उहाँकाे जिकिर छ ।
विप्लवले भन्नुभयो, ‘हामी दलाल पूँजीवादको विरुद्धमा लडेका हौँ । सामन्तवादी बन्धन, सामन्तवादी प्रवृत्ति, सामन्तवादी हैकम र अधिनायकवादीलाई नेपाली नागरिकले परास्त गरेर गणतन्त्रमा प्रवेश गरेका हौँ । हामीहरूलाई प्रभुहरूको खाँचो छैन । हामीलाई महासामन्तहरूको खाँचो छैन ।’
महासचिव विप्लवले गणतन्त्रको पक्षमा लडेका नागरिक अधिकार सम्पन्न भइनसकेका कारण आफूहरू अगाडि बढ्न खोजिरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।