म्यानमार भूकम्पमा सयौंको ज्यान गएको आशङ्का, थाइल्यान्डमा पनि ठूलो क्षति

 चैत १५, २०८१ शुक्रबार १८:२१:३१ | एजेन्सी
unn.prixa.net

गेटी इमेजेज

म्यानमारमा गएको ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

म्यान्मारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्काे भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय (यूएसजीएस) ले जनाएको छ ।

उद्धार टोलीका एक सदस्यले भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या अझै थाहा नभएको तर कम्तीमा सयौंको ज्यान गुमाएको हुनसक्ने बताएका बीबीसीले जनाएको छ । भूकम्पपछि म्यान्मार सैन्य शासनले राजधानी नेपिएडोसहित देशका ६ वटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यसैबीच थाइल्यान्डको राजधानी बैंककमा निर्माणाधीन एउटा ३० तले भवन भत्किँदा कम्तीमा ७० जना मजदूर बेपत्ता भएका थाई अधिकारीहरूले बताएका छन् । बैंककमा भूकम्प थेग्न सक्ने गरी भवन निर्माण नगरिएका हुनाले ठूलो क्षति पुगेको हुन सक्ने खबरमा उल्लेख छ ।

थाई सरकारले आपत्कालीन बैठक बोलाएको छ । भूकम्पको धक्का दक्षिण पश्चिम चीनमा पनि महसूस गरिएको थियो ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया