फ्राइडे रिलिज: भुवन चन्दको ‘साइनो’ प्रदर्शनमा

 साउन २४, २०७६ शुक्रबार १०:५२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट नेपाली चलचित्र ‘साइनो’ प्रदर्शनमा आएको छ ।

चलचित्रले सोलो रिलिजको अवसर पाएको छ । चलचित्र ‘साइनो’लाई नेपालकी प्रथम अभिनेत्री भुवन थापा चन्दले निर्माण गरेकी हुन् । हुन त यस अघि पनि ‘साइनो’ नाम राखेर नेपाली चलचित्र बनिसकेको छ । तर पुरानो चलचित्रसँग ‘साइनो’को कुनै पनि सम्बन्ध नरहेको निर्माता चन्दको भनाइ छ ।

चलचित्र ‘साइनो’लाई विशुद्ध नेपाली परिवेशमा रहेर निर्माण गरिएको निर्माता चन्दले बताइन् । पुरानादेखि नयाँ कलाकारहरुको संयोजनले चलचित्र सुन्दर बनेको निर्माता चन्दको भनाछ छ ।

चन्दले जीवनभर नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहनका लागि पनि चलचित्र निर्माण सुरु गरेको बताइन् । उनले अन्तिम साससम्म पनि नेपाली चलचित्र नै हेर्ने र यसै क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरिन् । यस अघि नै सार्वजनिक गीत तथा ट्रेलरलाई दर्शकले रुचाएका छन् ।

चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्रको निर्देशन रमेश थापाले गरेका हुन् ।  चलचित्र ‘साइनो’ मा राज कुमार, मिरुना मगर,निता ढुंगाना, राजाराजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन् । 

 

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया