एमालेले लुम्बिनी प्रदेश सरकारमा पठाउने पाँच जना मन्त्रीको नाम...
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै - सुनचाँदीको भाउमा आज शुक्रबार कुनै घटबढ भएको छैन ।
सुनकाे भाउ आज पनि हिजो बिहीबारजस्तै तोलाको ७० हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबारदेखि नै भाऊ बढेर लगातार कीर्तिमान बनाइरहेको सुनको भाउ हिजो बिहीबार तोलामा ५ सय बढेर ७० हजार पुगेको थियो ।
चाँदीको भाउ पनि हिजो बिहीबारजस्तै तोलाको ८ सय २५ रुपैयाँ तोकिएको महासँघले जनाएको छ ।