भारतको उत्तराखण्डमा ठूलो हिमपहिरो, फसेका ५७ मध्ये १६ जना मजद...
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – प्रहरीले गोली प्रहार गरेर काठमाण्डौको स्वयम्भू नजिकैको विजेश्वरीबाट दुई जनालाई पक्राउ गरेको छ ।
विजेश्वरीमा रहेको एक क्याफेमा प्रहरीले गोली प्रहार गरेर लोप्साङ भनिने मिलन तामाङलाई पक्राउ गरेको हो । उनीसँगै अमृत तामाङलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रहार गरेको गोली मिलन तामाङको खुट्टामा लागेको र उनको उपचारका लागि अहिले राष्ट्रिय ट्रमा सेन्टरमा राखिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
धम्क्याउने र लुटपाटमा संलग्न रहेको सूचना आएपछि उनीहरुलाई पक्राउ गर्न प्रहरी गएको थियो । उनले रामेछापको लिखु गाउँपालिकाका अध्यक्षसँग २ करोड रुपैयाँ मागेको र नदिँदा छोरीको हत्या गरिदिने धम्की दिएपछि प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरीले त्यही उजुरीका आधारमा पक्राउ गर्न गएको पक्राउ गर्न खोज्दा भाग्न लागेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । लुटपाट र गुण्डागर्दीमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्रेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
पक्राउ परेका मिलन तामाङ रामेछापको गेलुका स्थानीय हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।