भारतको उत्तराखण्डमा ठूलो हिमपहिरो, फसेका ५७ मध्ये १६ जना मजद...
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डौ – अगष्ट ९ अर्थात ‘विश्व आदिवासी दिवस’लाई आदिवासी जनजाति महासंघले नेपालमा आन्दोलनको रुपमा मनाएको छ ।
महासंघका अनुसार यस पटकको २५ औँ विश्व आदिवासी दिवसलाई आन्दोलनको रुपमा सडकमै मनाइएको हो । लोक सेवा आयोगले लिने निजामती कर्मचारीको भर्ना संविधानअनुरुप नभएको भन्दै त्यसैको विरोध गर्दै महासंघले दिवसलाई सडकमै मनाएको हो ।
साताव्यापी रुपमा मनाइरहेको आदिवासी दिवसलाई महासंघले सडकमै मनाएको अध्यक्ष जगत बरामले जानकारी दिनुभयो । महासंघले शुक्रबार बिहान भृकुटीमण्डपमा भेला भएर जुलुससहित माइतीघर मण्डलामा पुगेर कार्यक्रम गरेको थियो ।
कार्यक्रममा सांस्कृतिकसँगै परम्परागत आदिवासी जनजातिका हातहतियार समेत प्रर्दशन गरेर दिवस मनाइएको अध्यक्ष बरामले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।